लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लकडाउन एक साता लम्ब्याउन सिफारिस, आज मन्त्रिपरिषद बैठक बस्दै

tillotmacitynews - 2020 Apr 26 03:09 PM
IMG

काठमाडौं । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले देशमा जारी लकडाउन एक साता लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।


कार्यदलले लकडाउनबारे सुझाव दिएपनि निर्णय भने मन्त्रिपरिषदले गर्ने छ । आइतबार बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनबारे निर्णय लिने बताइएको छ ।


यसअघि, शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलेको संयोकत्वको उच्चस्तरीय समितिको बैठकले लकडाउनबारे मोडालिटी बनाउन मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई दिएको थियो ।


त्यसअघि समितिको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान आगामी २ जेठसम्म बन्द राख्ने निर्णय गरेको थियो ।


समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्रयाकमा रहेको निष्कर्ष निकालेको थियो ।


कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्षको चैत ११ गतेदेखि लकडाउन लागू गरेको हो । पछिल्लो पटक लम्ब्याइएको लकडाउनको अवधि भोलि सकिदै छ ।

कमेन्ट गर्नुहोस्