लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैंसेपाटी बैठकलगत्तै किन गए प्रचण्ड देउवा भेट्न ?

tillotmacitynews - 2020 Apr 24 08:39 PM
IMG

काठमाडौं । अध्यादेशका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सहित ६ जना सचिवालय सदस्यहरुबीच बिहीवार साँझ भैंसेपाटीमा अनौपचारिक बैठक बस्यो ।


नेता वामदेव गौतमको निवासमा भएको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धमा सरकारले ल्याएको अध्यादेशको बारेमा नेताहरुले आ आफ्ना तर्क र राय पेस गरेका थिए । बैठक लगत्तै अध्यक्ष प्रचण्ड आफ्नो निवास खुमलटार गएनन् ।


सिधै हानिए नजिकै रहेको कांग्रेसका सभापति शेरबहादुर देउवाका सालोको निवासतर्फ ।


त्यहाँ प्रचण्डले देउवासँग झण्डै डेड घण्टा कुरा गरेका थिए ।


प्रचण्डले अकस्मात देउवालाई भेटेको खबर बाँकी ५ जना नेताहरुले एक पछि अर्को पाएपछि सबै झस्किएका थिए ।


‘हामीसँगको बसाईमा देउवासँग भेट्ने कुनै योजना सुनाउनुभएको थिएन । तर भेटनुभएको थाहा भयो । अहिलेकै विषयवस्तुमा कुरा भयो होला, एक जना सचिवालय सदस्यले भने ।


भैंसेपाटी बैठकमा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनालले सरकारले यो अध्यादेश फिर्ता लिनुपर्ने धारणा सुनाएका थिए । अर्का बरिष्ठ नेता माधवकुमार नेपालले भने सन्तुलित भएर अध्यादेशबारे कुरा राखेको ती सदस्यले बताए ।


देउवासँग सुटुक्क भेटलाई भनी अन्य नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।


अध्यादेश फिर्ता लिनुपर्ने भन्दै विपक्षी कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरिसकेको छ । अध्यक्ष प्रचण्डले पनि यता नेकपा सचिवालयमा यसको अगुवाई गरिरहेका छन् । र, पूर्व माओवादी खेमाबाट यसको तिव्र लविंग समेत गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्