लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्कुल क्वालिटी सर्कल क्वेस्ट नेपाल रुपन्देही हबको ११औँ कन्भेन्सन सम्पन्न

IMG

तिलोत्तमा । स्कुल क्वालिटी सर्कल (एसक्युसी) क्वेस्ट नेपाल रुपन्देही हबको ११औँ कन्भेन्सन सम्पन्न भएको छ। विद्यार्थीहरूमा सिर्जनात्मकता, नेतृत्व क्षमता, आलोचनात्मक सोच तथा समस्या समाधान गर्ने सीपको विकास गर्ने उद्देश्यसहित कन्भेन्सन आयोजना गरिएको हो।


स्कुल क्वालिटी सर्कल क्वेस्ट नेपाल रुपन्देही हबका अध्यक्ष प्रभात केसीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा शाखाका प्रमुख धनी प्रसाद शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्माले विद्यालय शिक्षालाई पाठ्यपुस्तक र परीक्षामा मात्र सीमित नराखी विद्यार्थीको व्यवहारिक ज्ञान, सीप र क्षमताको विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले स्कुल क्वालिटी सर्कलले विद्यार्थीमा सामूहिक सिकाइ, नेतृत्व र सिर्जनात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।


त्यसो त, कार्यक्रमका अतिथि तथा स्कुल क्वालिटी सर्कल क्वेस्ट नेपालका सल्लाहकार एवं एपेक्स स्कुलका प्रिन्सिपल दीपक गौतमले एसक्युसी विद्यार्थीको चौतर्फी विकासका लागि महत्वपूर्ण सिकाइ माध्यम भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, नयाँ विचार प्रस्तुत गर्न र समूहमा रहेर समस्या समाधान गर्न यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो।


न्यु इन्भारमेन्ट माध्यमिक विद्यालयका प्रिन्सिपल मधु प्रकाश ज्ञवालीले विद्यालय तहदेखि नै विद्यार्थीमा सिर्जनात्मकता, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नुपर्ने बताउनुभयो। उहाँले एसक्युसीले विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी सीप सिक्ने अवसर प्रदान गर्दै आएको धारणा व्यक्त गर्नुभयो।


कार्यक्रममा न्यु इन्भारमेन्ट माविका अध्यक्ष नेत्रलाल बन, एमडी हरि प्रसाद न्यौपाने, एसक्युसीका मिलन भण्डारी, मदन मल्ल, प्रकाश चापागाईं, रञ्जित कुर्मी, डम्बर सोमई, सूर्य पौडेल, रवि काफ्लेलगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।कन्भेन्सनमा स्कुल क्वालिटी सर्कलका विभिन्न विषयमा प्यानल डिस्कसन, कविता, गायन, नृत्य तथा वक्तृत्वकला प्रस्तुति गरिएको थियो। साथै, विभिन्न विधामा प्रतियोगितासमेत सञ्चालन गरिएको थियो।


प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।कार्यक्रमले विद्यार्थीहरूबीच प्रतिभा आदानप्रदान, अनुभव साटासाट तथा सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।

कमेन्ट गर्नुहोस्