लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सृजनशील संस्था नेपालका बालबालिकालाई शैक्षिक सामाग्री र खाद्यान्न वितरण

IMG

कात्तिक । तिलोत्तमा १४ का टिकुलीगढ गाइज र लालीगुराँस आमा समूहले संयुक्त रुपमा सृजनशील संस्था नेपाललाई शैक्षिक सामाग्री, खाद्यान्न र दैनिक उपयोग सामाग्री वितरण गरिएको छ । लालीगुराँस आमा समूहकी अध्यक्ष रामाशोभा पुनको अध्यक्षतामा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य एवम सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको प्रमुख आतिथ्यमा उक्त सामाग्री वितरण गरिएको थियो । 


कार्यक्रमको संयोजक दीपक श्रीस मगरले गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल मगर युवा संघ तिलोत्तमा नगर समिति अध्यक्ष जीवन बुढाथोकी लगायतको उपस्थित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रवि सेन्चुरीको  व्यक्तिको विकासमा राज्य र समाजको महत्वपूर्ण भूमिका हुने भएकाले हरेक व्यक्तिले सक्दो सामाजिक उत्तरदायित्व निभाउन जरुरी रहेको र राज्यले  मौलिक हक अन्तरगत शिक्षा, स्वास्थ्य , गास, बास र कपासको ग्यारेन्टी गरेतापनि त्यसका लागि सबैले आ आफ्नो स्थानबाट भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो। 

आफूहरुले विभिन्न सृजनशील कार्यक्रम मार्फत विद्यार्थी, बालबालिका र युवालाई जोड्दै अघि बढेको कार्यक्रम संयोजक दीपक श्रीसले बताए । कार्यक्रमको सञ्चालन आमा समूहको सदस्य शान्ति पुन मगरले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्