लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीय तहका सरोकारवालालाई अपाङ्गता समावेशी विकाससम्बन्धी तालिम सम्पन्न

IMG

बुटवल। रुपन्देहीमा स्थानीय तहका सरोकारवालाहरूका लागि अपाङ्गता अधिकार, समावेशी विकास तथा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी दुईदिने क्षमता विकास तालिम सम्पन्न भएको हो।नेत्रहीन महिला संघ केन्द्रीय कार्यालयको आयोजना तथा क्षमता, अधिकार वकालत कोष (Disability Right Advocacy Fund )को सहयोगमा आयोजित तालिममा स्थानीय तहका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। 


तालिममा केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक शकुन्तला पोख्रेल र महासचिव अनिता सिग्देलले अपाङ्गता अधिकार, समावेशी विकास तथा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासंघका पुर्व बरिष्ठ उपाध्यक्ष एबम अधिकारकर्मी देवी बहादुर पोख्रेलले अपाङ्गता नीति तथा कार्यक्रम भूमिका र कार्यान्वयन बारे सहजीकरण गर्नुभएको थियो। 


कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरी, शुद्धोधन गाउँपालिका रुपन्देहीकी उपाध्यक्ष शान्तादेवी ज्ञवाली, सम्बन्धित बिषयगत शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।तालिममा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने, स्थानीय तहको विकास प्रक्रियामा अपाङ्गता समावेशी दृष्टिकोण अपनाउने तथा विपद्का समयमा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र सहभागिता सुनिश्चित गर्ने विषयमा क्षमता अभिवृद्धि गर्न सो तालिम आयोजना गरिएको महासचिव अनिता सिग्देलले जानकारी दिनुभएको छ।बुटवलको मेरिगोल्ड होटलमा संचालन गरिएको सो कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो ।

कमेन्ट गर्नुहोस्