लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डिल्लीबजारबाट डिल्ली बहादुर ९ लाख घुससहित पक्राउ

IMG

काठमाडौँ ।  नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वली पक्राउ पर्नुभएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु काठमाडौँमा पठाउनको लागि अनावश्यक सास्ती दुख हैरानी दिइ घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगले टोलीले उहाँलाई पक्राउ गरेको हो । 


आयोगका अनुसार वलीले नौ लाख रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौँ, टोखा नगरपालिका वडा नं. ५ बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिइएको र असोज १ गते मङ्गलबार विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान कार्य अगाडि बढाइएको छ ।


कमेन्ट गर्नुहोस्