
बुटवल। रसुवामा गएको बाढीपहिरो र सुरुवाती कमजोर व्यापारका बाबजुद पहिलो शो को रकम राहतकोषमा सुम्पेको नीता ढुङ्गानाद्वारा निर्देशित चलचित्र ‘पार्वती’ को बक्स अफिस व्यापारमा ब्यापक सुधार आएको छ। दिदि बहिनीको मर्मस्पर्शी कथामा दर्शकको मनमा पासा सफल फिल्मले प्रदर्शनको पहिलो र दोस्रो दिन दर्शक उपस्थिति सन्तोस जनक रहे पनि तेस्रो दिनदेखि ‘माउथ पब्लिसिटी’ का कारण चलचित्रको व्यापार ह्वात्तै बढेको निर्माण पक्षले जनाएको छ।
सुरुवातमा कम शो पाएको यस चलचित्रले दर्शकको चाप बढेसँगै हाल देशभरका हलहरूमा ११० भन्दा बढी शो प्राप्त गरेको छ। सँगै प्रदर्शनमा आएको भारतीय चलचित्र ‘टक्सिक’ को व्यापार खस्किएपछि दर्शकको आकर्षण तीजको छेको भएर पनि होला चेलिबेटिको कथाले ‘पार्वती’ तर्फ बढेको हो।
अटिजम प्रभावित दिदी र भाइबीचको सम्बन्ध तथा पारिवारिक सङ्घर्षको कथावस्तुमा आधारित यस चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। सुरुवाती चरणमा शो घट्ने स्थिति देखिए पनि दर्शकको प्रतिक्रियाले अहिले व्यापारमा सुधार ल्याएको निर्देशक ढुङ्गानाले बताएकी छन्। यतिबेला चलचित्रका कलाकारसहितको निर्माण टोली कैलाली र कञ्चनपुर, बाँके दाङ्ग जितपुर लगायत पश्चिम नेपालका हलहरूमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको टिम शनिबार भदौ २० गते बुटवल आउने पक्का भएको छ ।
हरिहर अधिकारीको लगानी रहेको यस चलचित्रमा नीता ढुङ्गाना, अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेलको अभिनय रहेको छ। सुरुवाती सुस्तता पछि विस्तारै व्यापार बढाउने शैलीमा ‘पार्वती’ ले बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाएको छ।फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारीको पनि अभिनय छ । पटकथा शिवम अधिकारी, छायांकन सुदीप बराल, नृत्य निर्देशन रामजी लामिछानेको छ ।निर्माता हरिहर अधिकारी र कार्यकारी निर्माता शंकर पाण्डे हुन् ।
कमेन्ट गर्नुहोस्