लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विष्णु माझीको तीज गीत सार्वजनिक,गुपचुप आवाजमा माझी,ललिताको ह्याट्रिक

IMG

बुटवल। चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ।बुधबार दिउसो  'यस्तै छ आमा घरबार' बोलको गीत युट्युबमा सार्वजनिक भएको हो।यो गीत 'पुतलीको भट्टी' भाग २२ का रूपमा सपना म्युजिक इण्डस्ट्रिको युट्युब च्यानलबाट बजारमा आएको हो।




तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ।गुपचुप लाइफ नै बनेको बिष्णु माझीको दर्शन पाउन उनको आवाज मात्रै कुर्ने हरुलाई पनि गीतले एकैछिनको शित्तल दिन्छ। विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको रचना र संगित छ। भिडिओमा गत वर्षकै गीत 'आइनँ आमा यो तीजमा'  तथा "म त नराउरी" की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्, अझ भनौ उनले यस गीत संगै बिष्णु माझीको गीतमा ह्याट्रिक गरेकी छिन। भिडियोमा करिव १ सय जना कोरस डान्सर राखिएको छ। 


आफैले निर्देशन गरेको सुन्दर मणिको यस्पालिको गीतमा पनि भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने छायांकन शम्भु चालिसेको र सम्पादन मनोज कार्कीको रहेको छ। गीतमा अहिले कलाकारको रुपमा बालकलाकार परिसा कडेल, अतिथि कलाकारमा महिमा आचार्य र सियाना आचार्य रहेका छन्। 

कमेन्ट गर्नुहोस्