लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा मनसुन प्रवेश : सरदरभन्दा कम वर्षा हुने अनुमान

IMG

काठमाडौँ, असार ५ गते ।  जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझ नेपाल मनसुन प्रवेश गरेको छ । नेपालमा  नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ । यस वर्ष ६ दिन ढिलो मनसुन प्रवेश गरेको हो । 


मौसमविद् अशोक बर्खेललेका अनुसार विभागले जुन २० को आसपासमा मनसुन भित्रिने संकेत रहेको प्रक्षेपण गरेको थियो । उहाँले एलनिनो प्रभावका कारण मनसुन ढिलो प्रवेश हुने गरेको बताउनुभयो । 


एलनिनो के हो ?


हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा प्रभाव परेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “यो सामान्यतया पूर्वबाट भित्रिएर पश्चिमतिर सर्दै जान्छ । इस्टर्लि विन्ड (पूर्वबाट आउने हावा) भूमध्ये रेखातिरबाट एकदम ठुलो मात्रामा बहन्छ । प्रशान्त महासागर हुँदै आइरहेको हुन्छ र त्यो हावा चाहिँ यो वर्ष कमजोर भएको छ ।”


उहाँले एलनिनो हरेक वर्ष कमजोर नहुने तर कहिलेकाहीँ दुईदेखि सात वर्षको अन्तरालमा बेला–बेलामा कमजोर हुने बताउनुभयो ।  उहाँले भन्नुभयो, “यो कहिलेकाहीँ दुर्ईदेखि सात वर्षको अन्तरालमा बेला–बेलामा कमजोर भइरहेको देखिन्छ । यो पूर्वेली हावा कमजोर भएको बेलामा प्रशान्त महासागर, समुद्रको पानी बढी तातो हुने, त्यही कन्डिसनलाई नै एलनिनो भनिन्छ ।”


अर्का मौसमविद् डेबिड ढकालले भन्नुभयो, “एलनिनो प्रशान्त महासागरमा विकसित हुने एउटा प्रणाली हो जसले विश्वभर नै प्रभाव पार्ने गर्छ । यो समुद्रमा हुने तापक्रमको थपघटले गर्दा विकसित हुने हुन्छ ।” ढकालका अनुसार यो वर्ष विश्व मौसम सङ्गठनले पनि एलनिनोको प्रभाव हुन्छ भनेर भनिसकेको छ ।  उहाँले भन्नुभयो, “विश्व मौसम सङ्गठनले विश्वभर जलवायु परिवर्तनको सूचना उत्पादन गर्ने केन्द्रले आँकलन गरेको प्रारुपका आधारमा विभागले पनि पूर्वानुमान गरेको हो ।”

कमेन्ट गर्नुहोस्