लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिला सशक्तीकरणका लागि ऐरावतीमा दुईदिने क्षमता विकास तालिम सुरु

IMG

प्यूठान। प्यूठानको ऐरावती गाउँपालिकाले महिलाको नेतृत्व क्षमता अभिवृद्धि तथा सशक्तीकरणका लागि दुईदिने क्षमता विकास तालिम सञ्चालन गरेको छ। गाउँपालिकाको कार्यालय बरौलामा शुक्रबारदेखि सुरु भएको तालिममा महिला जनप्रतिनिधि, मेलमिलापकर्ता तथा महिला सञ्जाल समूहका प्रतिनिधिहरूको सहभागिता रहेको छ।


तालिममा महिला अधिकार, कानुनी व्यवस्था, महिला उद्यमशीलता, नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षण प्रदान गरिने प्रशिक्षक मनोज भट्टराईले जानकारी दिनुभयो। तालिमको सहजीकरण प्रशिक्षक मनोज भट्टराई र सरु रानाले गर्नुहुनेछ।उपाध्यक्ष महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिमको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले गर्नुभएको हो। उद्घाटन समारोहमा बोल्दै उहाँले महिलाको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।


ऐरावती गाउँपालिकाको आयोजना तथा स्टार रिपोर्टर्स प्रालि, काठमाडौंको सहजीकरणमा सञ्चालन गरिएको तालिम दुई दिनसम्म चल्ने जनाइएको छ।


कमेन्ट गर्नुहोस्