लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लियो रुपन्देही भलावारीको हंगर रिलिफ र परिचयात्मक कार्यक्रम सम्पन्न

IMG

कोटिहवा। लायन्स क्लब अफ रुपन्देही तथा लियो क्लब अफ रुपन्देही भलवारी (प्रस्तावित) को सहकार्यमा आयोजित “Hunger Relief and Introduction Program” सफलतापूर्वक सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता लियो क्लब अफ रुपन्देही भलवारी (प्रस्तावित) का अध्यक्ष लियो विकास सुनारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिका वडा नं.-७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनीको रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा लायन्स क्लब अफ रुपन्देहीका अध्यक्ष लायन घनश्याम घिमिरे यसैगरी अतिथिहरूमा वडा सदस्य शोभाकान्त ढकाल, क्लबका शुभेच्छुक नारायण पंगेनी, क्लबका सल्लाहकार रबिन जोशी तथा अभिनास अनाथ आश्रमका संरक्षक कृष्ण ज्ञवालीको विशेष उपस्थिति रहेको थियो।


कार्यक्रमको सन्दर्भमा बोल्दै  प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं.-७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनीले समाजमा आफु भन्दा सहयोगको खाँचो भएकाहरुको लागि क्लबले गरेको सानो ठुलो सहयोगको प्रशंशा गर्दै आगामी दिनमा अझै परिष्कृत सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य लियो प्रेम नारायण पन्थीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लियो कृपा पन्थले गर्नुभएको थियो।


कार्यक्रममा बोल्दै अध्य्क्ष लियो बिकास सुनारले मानवताप्रतिको सेवाभावलाई आत्मसात गर्दै सम्पन्न भएको यस कार्यक्रमले सेवा, सहकार्य र नेतृत्व विकासको भावनालाई अझ सुदृढ बनाएको विश्वास लिएको बताएका छन्। कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहभागिता र शुभेच्छा प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै अध्यक्ष सुनारले आगामी दिनामास मेत यस्तै सहयोगको अपेक्षा गरेका छन्।

कमेन्ट गर्नुहोस्