लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोहिणिमा लफडा, हानाहान कुटाकुट,१ जना गम्भीर घाइते

IMG

रोहिणी। वडा नम्बर २ का अध्यक्ष  करम खान र गाउँ पालिका अध्यक्ष विद्यानाथ यादव बीच भएको भनाभन पछि झगडा भएको थियो। गार्ड कान्छा कोहारको समुहले आक्रमण गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन्। कान्छा कोहारको समुहलाई विद्यानाथ यादवले नै बोलाएको करम खानको शुभेच्छुकले आरोप लगाएका छन्। त्यस घटनामा छुट्याउन लागेका स्क्युरिटी गार्डलाई गम्भीर चोट लागेको छ।


सूचना प्राप्त भए अनुसार जन्ता  समाजवादी पार्टिबाट निर्वाचित रोहिणी गाउँपालिका अध्यक्ष बिद्या यादवलाई  रोहिणी वडा नं २ का वडा अध्यक्ष  करम खानले केही विशेष कामको लागि गाउँपालिका अध्यक्षसँग छलफल गर्न भेट्न जाने  क्रममा कार्यकक्षमा प्रवेश गर्न नदिएपछि बिबाद सिर्जना भएको स्थानिय सेवाग्राहीले बताए। गाउँपालिका अध्यक्ष कै निर्देशनमा वहाँको ब्यक्तिगत गार्ड कान्छा काेहाँरले वडा अध्यक्ष करम खानलाई धक्का लगाएर प्रवेश निषेध गरेपछि  कार्यालयभित्रै दुबै पक्षबाट कुटपिट हुँदा कान्छा कोहार घाइते भएका छन्। हाल वहाँको भैरहवाको मेडिकल कालेजमा उपचार भईरहेकाे छ।


घटना बारे गाउँ पालिका अध्य्क्ष बिद्या नाथ यादवले  घाइते कान्छा कोहारलाई वडाध्यक्षको  करम खानको समुहले आएर लफडा गरेको भनाई छ। करम खान यस अघि समेत झिना मसिना कुरामा सधै झगडा गर्ने अभद्र ब्यबहार गर्ने गरेको उनको भनाइ छ।उनले यस अघि शिक्षा अधिकृत लाई समेत दुर्व्यवहार गरेको भन्दै कडा कारबाहीको लागि प्रहरीमा रिपोर्ट गरिएको बताइएको छ। घटनाबारे के भैरहेको भन्ने बिषयमा कोहि पनि बोल्न चाहेका छैनन्। प्रहरीले सो घटनाको बारेमा अनुसान्धान गरेको छ। 

कमेन्ट गर्नुहोस्