
काठमाडौँ, जेठ १५ गते । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ ।
शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनुभएको हो । उहाँका अनुसार ३१ निकायको खारेजी, छ वटा निकायको मर्जर, छ वटा निकायको हस्तान्तरण तथा १८ वटा निकायको पुनःसंरचना गरिने छ ।
यसैगरी अर्थमन्त्री डा. वाग्लेले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही बनाउने गरी राष्ट्रसेवक र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाइएको समेत बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा सरकारको साधारण खर्चमा कडा मितव्ययिता कायम गरिने जानकारीसमेत दिनुभयो ।
कमेन्ट गर्नुहोस्