लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि, न्यूनतम तलब ४० हजार

IMG

काठमाडौं, जेठ १५ गते । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ । 


अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने उहाँले बताउनुभयो । 


कर्मचारीले हाल खाइपाइ आएको पारिश्रममा २१ प्रतिशत वृद्धि गरी ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रुपियाँ माथि कायम हुने अर्थमन्त्रीले बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत बृद्धि, कार्यसम्पादनको आधारमा १० प्रतिशत र ग्रेडका आधारमा गरी कुल २१ प्रतिशतले तलब बढ्नेछ। 

कमेन्ट गर्नुहोस्