
नवलपरासी। राष्ट्रिय जनमुक्ति पार्टीले २०८३ लाई बहुआयामिक बर्षको रुपमा अभियान संचालन गर्ने जनाएको छ । पार्टीको ३६ औं स्थापना दिवसको अवसरमा नवलपरासीको बर्दघाटमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । बहुआयामिक बर्षको रुपमा यही जेठ १५ गते देखि अभियान शुरु गरिने सो पार्टीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रिय अध्यक्ष केशव सूर्यवंशीले भ्रष्टचार अन्त्यको लागि भ्रष्टचारीलाई देशद्रोहीको मुद्दा लगाउनु पर्नेमा जोड दिनु भयो । उहाले पार्टीले स्थापनाकाल देखि नै भ्रष्टचारीलाई देशद्रोहीको मुद्दा लगाउनु पर्ने आवाज उठाउदै आएको बताउनु भयो ।
अध्यक्ष सूर्यवंशीले संविधान संशोधन नभई राजनीतिक सहमतिमा पुनःलेखन गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले सार्वजनिक जग्गा खाली गर्ने नाममा सरकारले नागरिकलाई दुःख दिने काम गरेको भन्दै बहुमत सरकारले हतारमा नभई प्रक्रिया पुर्याएर काम गर्नु पर्नेमा जोड दिनु भयो । उहाले नागरिकलाई विकल्प दिएर मात्र सार्वजनिक जग्गा खाली गर्नुपर्ने बताउदै बर्तमान सरकार परिपक्कता नभएका कारण हतारिएर काम गरेको बताउनु भयो ।
अध्यक्ष सूर्यवंशीले पार्टीले संगठन विस्तालाई प्राथमिकता दिएर पार्टीका गतिविधि गाउकेन्द्रित गरिने जानकारी दिनु भयो । उहाले कृषिलाई औद्योगिकरण गर्न सकेमात्र देशको अर्थतन्त्र सुधार हुने बताउदै उहाले केही नेतृत्वले पार्टीलाई विलय गर्न खोजेका कारण आन्तरिक विवाद भएको बताउनु भयो । उहाले राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षता र सचिव चित्रबहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्