लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तीन दिनपछि खुल्यो बीपी राजमार्ग

IMG

काठमाण्डौ - बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर बिहानदेखि सडक खुलाइएको काभ्रे प्रहरीले जनाएको छ । पानी परिरहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । गएको सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले सडक बन्द भएको थियो । वर्षा हुने बित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ । पोहोरको बाढी पहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन बनाएर गाडी सञ्चालन गर्ने गरिएको छ । अहिले त्यस क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । 

कमेन्ट गर्नुहोस्