
पथ्थरडांडा। तिलोत्तमा नगरपालिका वडा नम्बर १५ को आयोजनामा नयाँ वर्ष २०८३ तथा २५७० औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना आदानप्रदान तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा अध्यक्ष खेमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले यस नयाँ बर्षको उपलक्ष्यमा वडामा सहयोग सल्लाह सुझाब दिने र कमीकमजोरी औल्याइदिने सबैमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै अझ रचानात्मक कार्यगर्न उत्प्रेरणा दिन आग्रह गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू क्षितिजा पौडेल, घनश्याम थापा मंगल, कल्पना भण्डारी तथा सोहरत प्रसाद चौधरीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव मान बहादुर खातीले गर्नुभएको थियो।
कार्यक्रममा वडा स्तरीय टोल विकास सञ्जालका अध्यक्ष बाबुलाल बन्जाडे, लिस्नु युवा क्लबका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, बाल सञ्जालका प्रतिनिधि, नगरपालिका तथा वडा कार्यालयका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।उपस्थित वक्ताहरूले नयाँ वर्ष २०८३ ले सबैमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै २५७० औँ बुद्ध जयन्तीले समाजमा शान्ति, सद्भाव र मानवताको भावना विस्तार गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।
त्यस अवसरमा सहभागीहरूले वडा विकास, सरसफाइ, शिक्षा, युवा सहभागिता तथा सामाजिक सचेतनासम्बन्धी विभिन्न सुझावहरू समेत प्रस्तुत गरेका थिए। वडा कार्यालयले प्राप्त सुझावहरूलाई आगामी योजना तथा कार्यक्रम निर्माणमा समेट्दै जाने प्रतिबद्धता व्यक्त गरेको थियो।
कमेन्ट गर्नुहोस्