लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहमा बस दुर्घटना, दुई जनाको मृत्यु

IMG

बुटवल, बैशाख १६ गते । रुपन्देहीको देवदहमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २७ जना यात्रु घाइते भएका छन् ।


बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत देवदहको गणेशनगरस्थित प्रतीक्षालयनजिक माइक्रो बस र ईभी माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।बुटवलबाट बर्दघाटतर्फ जाँदैगरेको लु. १ ख. ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश ०० ख ८९२८ नम्बरको ईभी माइक्रो एक आपसमा ठोक्किएका थिए ।


दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । देवदह प्रहरी चौकीका अनुसार दुर्घटनामा परेर मृत्यु भएकाको नाम ठेगाना खुल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्