
ओमसतिया। रुपन्देहीको ओमसतिया-१ कटैयामा दिउसो ४ बजेतिर भएको दुर्घटनापरि एकजनाको मृत्यु भएको छ भने अर्को एकजना गम्भीर घाइते भएका छन्। भैरहवादेखि बुटवल आउदै गरेको लु ३७ प ८७८ नमबरको स्कुटी आफै अनियन्त्रित हुँदा सो घटना भएको प्रहरीको भनाई छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घटना भए लगत्तै भैरहवाको भिम अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारको क्रममा एकजना नाम नखुलेका अन्दाजी ४० बर्षीय पुरुषको करिव आधा घण्टापछि अस्पताल प्रशासनद्वारा मृत्यु भएको जानकारी आएको थियो भने अर्का अन्दाजी ३५ बर्षीय पुरुषको भने उपचार जारी छ।
वडा कार्यालय भैरहवा देखि करिव ६ किलोमिटर दुरीमा भएको घटनामा प्रहरी निरिक्षक मान बहादुर बिसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको थियो। उनीहरु सवार स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ।
कमेन्ट गर्नुहोस्