
४ चैत २०८२ । हालै युट्युबमा रिलिज भएको नेपाली चलचित्र “एक भागवत एक गीता” ले धार्मिक तथा सामाजिक सन्देश दिन खोजेको देखिन्छ। शीर्षकले नै गहिरो दर्शन र अर्थ बोकेको संकेत गरे पनि, प्रस्तुतिको हिसाबले भने चलचित्रले दर्शकलाई पूर्ण रूपमा बाँध्न सफल भएको देखिँदैन।
चलचित्रको कथा लौङ्गिग विभेद एवम जीवन दर्शनसँग जोडिएको छ, जसले मानिसको आचरण, नैतिकता र कर्मको महत्वबारे सन्देश दिन खोज्छ। तर, कथाको प्रस्तुति निकै ढिलो गतिमा अघि बढ्ने भएकाले दर्शकलाई लामो समयसम्म चासो कायम राख्न गाह्रो पर्न सक्छ। निर्देशन पक्ष सामान्य रहेको देखिन्छ भने, केही दृश्यहरू अनावश्यक रूपमा लम्बिएको महसुस हुन्छ। संवादहरू गहिरा छन् तर ती प्रभावकारी रूपमा प्रस्तुत हुन नसक्दा सन्देश स्पष्ट रूपमा दर्शकसम्म पुग्न अलि कठिन हुन्छ। अभिनय पक्षमा कलाकारहरूले आफ्नो भूमिका इमान्दारीका साथ निर्वाह गरेका छन्, विपिन कार्कीले कमला माईको भूमिकामा राम्रो मेहनत गरेका छन् तर कथाको सुस्त गतिले उनीहरूको मेहनतलाई पूर्ण रूपमा उजागर गर्न सकेको छैन ।
प्राविधिक पक्षतर्फ हेर्दा छायांकन र पृष्ठभूमि संगीत औसत स्तरको छ। केही दृश्यहरूमा सिनेमाटोग्राफी एवम छायाङ्कन दृष्य राम्रो देखिए पनि समग्रमा चलचित्रले विशेष छाप छोड्न सकेको छैन।
चलचित्रले कुल कलेक्सन करिब ८६–९७ लाख रुपैयाँ ग्रस गरेको फिल्मले अपेक्षित व्यापार गर्न सकेन र बक्स अफिसमा कमजोर प्रदर्शन गरेको मानिन्छ।
समग्रमा, “एक भागवत एक गीता” एक मध्यम स्तरको चलचित्र हो जसले राम्रो सन्देश दिन खोजे पनि, मन्द गति र प्रस्तुतीकरणका कारण अपेक्षाअनुसार प्रभाव पार्न सकेको छैन। यदि तपाईं धार्मिक तथा दार्शनिक कथामा रुचि राख्नुहुन्छ भने एकपटक हेर्न सकिने चलचित्र हो, तर मनोरञ्जनको दृष्टिले भने यो अलि कमजोर देखिन्छ।
कमेन्ट गर्नुहोस्