लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई नक्कली सामग्री फैलिँदै

IMG

सामाजिक सञ्जालमा इरान–अमेरिका युद्धसम्बन्धी कृत्रिम बौद्धिकता (एआई)बाट बनाइएका नक्कली तस्वीर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार यो बाढी अघिल्ला द्वन्द्वका तुलनामा धेरै ठूलो छ ।एक्स प्लेटफर्मले एआई सामग्री नखुलाउने खाताहरूलाई ९० दिनसम्म आम्दानी साझेदारीबाट निलम्बन गर्ने नीति घोषणा गरे पनि भ्रामक सामग्रीको प्रसार रोकिएको छैन । एएफपीको तथ्य–जाँच सञ्जालले ब्राजिलदेखि भारतसम्म फैलिएका नक्कली सामग्रीहरू पहिचान गरेको छ ।


जसमा काल्पनिक बम विस्फोट, घुँडा टेकाइएका अमेरिकी सैनिक र नष्ट भएका नौसेना जहाजका दृश्यहरू छन् । विशेषज्ञहरूका अनुसार प्रिमियम खाताको आम्दानी प्रणालीले सनसनीपूर्ण सामग्री फैलाउन प्रोत्साहन दिइरहेको छ । युद्धजस्तो संवेदनशील अवस्थामा यस्ता नक्कली सामग्री रोक्न अझ प्रभावकारी उपाय आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

कमेन्ट गर्नुहोस्