लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारले कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने

IMG

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटना जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।


प्रतिवेदन अध्ययनका लागि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले मन्त्रिपरिषद्ले यस विषयमा अध्ययन गरेर विस्तृत जानकारी गराइने बताए ।  त्यस्तै आज बसेको बैठकले रिक्त रहेको राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्यालको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

कमेन्ट गर्नुहोस्