२९ फागुन, धादिङ । त्रिशूली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
धादिङको गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिर पछाडि त्रिशूली नदीमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो । मृत भेटिएको महिलाको पहिचान खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्