लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार

IMG

दमक, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य एवं रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह  (बालेन)ले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको छ ।


पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेद्वारी दिएर मतपरिणाम सार्वजनिक भइसकेपछि नेता बालेन्द्रले निर्वाचन खर्च सार्वजनिक गर्नुभएको हो । 


निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ । 


निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन खर्च २ लाख ९३ हजार ८ सय, हवाई भाडामा पाँच पटकका लागि ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २८ हजार ९७० र घरदैलो खर्च ५ लाख ८० हजार रुपियाँलगायतका खर्चहरु उल्लेख गरिएको छ ।


खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले जिल्ला निर्वाचन कार्यालय झापामा पेश गर्नुभएको हो । निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालका अनुसार निर्वाचन विवरण बुझाउने उम्मेद्वार शाह पहिलो हो ।

कमेन्ट गर्नुहोस्