लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तर्राष्ट्रिय नारी दिवस

IMG

"यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः।

"यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः॥"

भावार्थः यो श्लोकले समाजमा महिलाको महत्वलाई उजागर गर्छ। जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ समृद्धि र दैवी आशीर्वाद प्राप्त हुन्छ। तर जहाँ महिलाहरूको अपमान वा बेवास्ता गरिन्छ, त्यहाँ सबै काम असफल र निष्फल हुन्छन्।


अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास

पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो। त्यसको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शततक उत्सव मनाइयो। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले चाहिँ सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।


सन् १९१० मा भएको महिलावादी आन्दोलन

आउनुहोस्, एकफेर सन् १९१० मा भएको महिलावादी आन्दोलन, अझ भनौँ अमेरिका मा त्यसवखत भएको महिला समानता अभियानको पुनरावलोकन गरौँ । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।महिला दिवसको मार्च ८ तारिखमा मिति पर्ने कारण चाहिँ अलिक रोचक छ । खासमा महिला आन्दोलन सुरु भएको मिति त्यति बेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतबार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो र त्यस कारणले हरेक वर्ष मार्च ८ मा नै महिला दिवस मनाइन्छ ।

कमेन्ट गर्नुहोस्