
बुटवल। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूमा एउटा एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरेर तयार गरिएको गीत ‘अबकी बार, बालेंन सरकार’ अहिले देशभर व्यापक रूपमा चर्चामा रहेको छ। रास्वपाको मुद्धा बनेर हरेक उम्मेदवारको आगनीमा बजेको यो गीत झापाको लागि मात्रै तयार गरिको थियो तर छोटो समयमै भाइरल बनेको यो गीतले देशभर विशेषगरी युवा पुस्तामाझ ठूलो प्रभाव पारेको देखिन्छ।
गीतमा आधुनिक प्रविधि प्रयोग गर्दै तयार गरिएको संगीत, आकर्षक शब्द संयोजन र डिजिटल भ्वाइस मिक्सिङका कारण श्रोताहरूको ध्यान तानेको हो। टिकटक, फेसबुक र युट्युबजस्ता प्लेटफर्महरूमा हजारौं प्रयोगकर्ताले उक्त गीतमा भिडियो बनाइरहेका छन्।सम्भवत : लाग्छ यस गीतलेपनि मतदाताको ध्यान भंग गर्दै रास्वपामा मत हाल्न प्रेरित गरेको हुनसक्छ। गीत पनि छ नि त्यस्तै , बालेनका लागि बनाइएको गीत अहिले देशभरका उम्मेदवारहरुले बजाउदै हिडेर चुनाव समेत जिते।
राजनीतिक सन्देश बोकेको यो गीत विशेषगरी बालेन्द्र शाह (बालेंन) समर्थकहरूबीच लोकप्रिय बनेको छ। गीतले विकास, सुशासन र नयाँ पुस्ताको नेतृत्वप्रतिको अपेक्षालाई सांगीतिक शैलीमा प्रस्तुत गरेको टिप्पणी गरिएको छ।विश्लेषकहरूका अनुसार एआई प्रयोग गरेर बनाइएका यस्ता सिर्जनाहरूले भविष्यको चुनावी अभियान र जनमत निर्माणमा डिजिटल प्रविधिको प्रभाव कति शक्तिशाली बन्दैछ भन्ने संकेत गर्छ।
काठमाडौँ महानगरपालिका का प्रमुख समेत रहेका र अहिले झापा ५ बाट शक्तिशाली पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता के पी शर्मा ओलीलाई भारि मत्तांतरले जितेका शाह सामाजिक सञ्जालमा पहिले नै प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। यही डिजिटल उपस्थितिलाई सघाउने गरी एआई गीत सार्वजनिक भएपछि यसको पहुँच झनै विस्तार भएको देखिन्छ।प्रविधि र राजनीतिको संयोजनबाट बनेको यो गीतले नेपालमा डिजिटल चुनावी प्रचारको नयाँ अभ्यास सुरु भएको संकेत गरेको छ।
कमेन्ट गर्नुहोस्