लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दधिराम भन्छन:क्षेत्र नम्बर-१ रुपन्देहीको जिम्मा मेरो भयो,ढुक्क भएर मतदान गर्नुस

IMG

रुपन्देही ।दधिराम न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। चुनावी घरदैलो तथा मौन अबधि अगाडिको सभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर १ को जिम्मा आफूले लिएको उल्लेख गर्दै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गरे।उनले भने, “रुपन्देही–१ को विकास, समृद्धि र स्थायित्वका लागि मेरो स्पष्ट योजना छ।


यहाँका जनताको विश्वास र साथले मलाई उत्साहित बनाएको छ। ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्नुहोस्।”न्यौपानेले आफू विगतदेखि नै जनतामाझ सक्रिय रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले चुनावी माहोलमा देखिएको जनलहरले आफ्नो जित निश्चित गरेको दाबी पनि गरे।रुपन्देही क्षेत्र नम्बर १ मा विभिन्न दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

कमेन्ट गर्नुहोस्