
पाल्पा — लामो समयदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेर सुचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेका आइटी इन्जिनियर सुदिप ढकालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र पाल्पा–२ मा आफ्नो प्रभाव बलियो बन्दै गएको दाबी गरेका छन्। घरदैलो अभियान, भेटघाट तथा चुनावी सभालाई तीव्रता दिँदै उनले क्षेत्रका विभिन्न वडामा जनसमर्थन उल्लेख्य रूपमा बढेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनको क्षेत्रमा प्रत्यक्षतर्फ माधव बहादुर थापा उठेका छन् ,भने इन्जिनियर ढकाल समानुपातिकका उम्मेदवार हुन्। तिलोत्तमापछि ढकालले काठमाडौँ महानगरपालिकामा अरहेरा बालेन्द्र शाहका लागि सचिवालयमा समेत लामो समय काम गरेका थिए।
ढकालले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा युवा बिज्ञान तथा प्रबिधि र स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। “पाल्पा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्न स्पष्ट योजना र प्रतिबद्धता आवश्यक छ,” उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने।उनका समर्थकहरूका अनुसार पछिल्लो समय युवापुस्ताको साथ उल्लेख्य रूपमा बढेको छ भने विभिन्न पेशागत समूहले समेत समर्थन जनाएका छन्। ढकालले यसपटक अत्याधिक मतान्तरले विजयी हुने दाबी गर्दै मतदातालाई सोचविचार गरी मतदान गर्न आग्रह गरेका छन्।
यता अन्य दलका उम्मेदवारहरूले पनि आ–आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा पाल्पा–२ मा चुनावी माहोल थप तातिएको छ।स्थानीयले यस आघि धेरै पटक अन्य पार्टीकालाई चुनावमा जिताएको तर समाज बिकासमा कुनै पनि काम नगरेको प्रति आक्रोस पोख्दै पार्टी परिबर्तन नगरेपनि मत परिबर्तन गर्ने र यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई निस्फिक्री मत दिने बताएका छन् ।
कमेन्ट गर्नुहोस्