लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रज्जवल बोहराको चुनावि बाइक र्याली, युवाको बाक्लो उपस्थिति

IMG

कोटिहवा। आज राप्रपाका उमेद्वार प्रज्जवल बोहराको चुनावि बाइक र्यालिमा तिलोत्तमाका विभिन्न वडाहरुमा गइ सम्पन्न भएको छ।  


रुपन्देही क्षेत्र नं १ राप्रपाका उमेद्ववार प्रज्जवल बोहरा यतिबेला चुनावि प्रचार प्रसाारमा व्यस्त रहेका छन सोहि क्रममा आज तिलोत्तमा-१५ कोटिहवादेखि सुरु भएको चुनावि बाइक र्यालिमा सर्वसाधरण एवम युवहरुको उल्लेखिय उपस्थिति रहेको थियो। र्यालिमा तिलोत्तमाका कोटिहवा, मधवलिया, भलवारी , सखुवानि , मङगलापुरका विभिन्न स्थान एवम भित्रि समुदायमा पुगेर भेटघाट एवम साक्षतकार गरेका थिए।  सर्वसाधारणले खुसियालि एवम अभिभादन गर्दै बोहराको स्वागत गरे। बोहराबाट धेरै आशा रहेको साथै उनले समस्याहरु बुझेका छन भनि एक सर्वसाधरणले आफ्नो विचार राखेका थिए।  र्यालि गर्दा जनता समक्ष प्रत्यक्ष भेटघाट हुने र उहा‍ँहरुको समस्या पनि नजिकबाट बुझने अवसर मिल्ने भएकाले आफु र्यालिमा सक्रिय रहेको बोहराले बताए।  तिलोत्तमामा बाटो , खानेपानि , कृषि लगायतमा रहेका विविध समस्या आफुले देखेको र समाधानका लागि आफु तत्पर रहेको पनि उनले जानकारी दिए।  


रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित खजहनामा जन्मेका प्रज्वल बोहरा आईटी व्यवसायबाट राजनीतिमा होमिएका हुन । भैरहवा, काठमाडौं हुँदै भारतको नयाँ दिल्ली र अमेरिकासम्म पुगेर आईटी इञ्जिनियरिङ अध्ययन गरेका बोहरा लामो समयदेखि आईटी व्यवसायमा संलग्न थिए । तर, व्यवसायलाई थाती राखेर उनि राजनीतिमा सक्रिय भए।  


राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्केका बोहराले आफ्ना पिता स्वर्गीय दीपक बोहराको राजनीतिक विरासत सम्हाल्न आफू राजनीतिमा आएको बताए । उहाँ भन्छन–‘पिताजीको निधनपछि रुपन्देहीका आम मतदाताले आफूहरू राजनीतिक रूपमा टुहुरो भएको महसुस गर्दै उहाँकै मार्ग पछ्याउन आग्रह गर्नुभयो । त्यसैक्रममा पार्टीले पनि विश्वास गरेर प्रतिनिधि सभा सदस्यको टिकट दिएपछि म चुनावी मैदानमा उत्रिएको हुँ । आम मतदाताको अभिभावक बन्ने गरी काम गर्ने मेरो योजना छ ।’



कमेन्ट गर्नुहोस्