लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आत्मनिर्भर नेपालदेखि प्रदेश खारेजसम्मका एजेन्डामा डा. निकोलश भूसाल

IMG

बुटवल। डा. निकोलश भूसालले आफ्नो चुनावी क्षेत्र रुपन्देही–२ का मतदातालाई लक्षित गर्दै विभिन्न सामाजिक, आर्थिक, राजनीतिक तथा धार्मिक सुधारका योजनासहित विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले राष्ट्रलाई आत्मनिर्भर बनाउनेदेखि नागरिकको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने र राज्य संरचनामा सुधार ल्याउने लक्ष्यसहित आफ्ना प्रमुख एजेन्डा सार्वजनिक गरेका हुन्।उनले नेपाललाई समृद्ध, आत्मनिर्भर र विकसित राष्ट्र बनाउने दीर्घकालीन लक्ष्य प्रस्तुत गर्दै नागरिकको आर्थिक उन्नति, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, धार्मिक संरक्षण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन्।


डा. भूसालले सार्वजनिक गरेका प्रमुख प्रतिबद्धताहरू यसप्रकार रहेका छन्:

 • नेपाललाई पूर्ण रूपमा आत्मनिर्भर राष्ट्र बनाउने।

 • प्रत्येक नेपाली नागरिकलाई आर्थिक रूपमा सशक्त बनाउँदै “हरेक नेपाली करोडपति” अभियान सञ्चालन गर्ने।

 • हप्ताको एक दिन राष्ट्रका लागि श्रमदान अभियान सञ्चालन गर्ने।

 • युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्दै बेरोजगारी अन्त्य गर्ने।

 • भोकालाई भोजन, प्यासीलाइ पानी र रोगीलाई निःशुल्क उपचारको व्यवस्था गर्ने।

 • नेपाललाई विश्वसामु स्वर्गको नमूना राष्ट्रका रूपमा स्थापित गर्ने।

 • नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध तथा किरात संस्कृतिको साझा राष्ट्रका रूपमा विकास गर्ने।

 • प्रदेश संरचना खारेज गरी राज्य व्यवस्थामा पुनर्संरचना गर्ने।

 • शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा सरकारको जिम्मेवारीभित्र ल्याउने।

 • धार्मिक स्थलहरूमा गुरुकुल शिक्षासहित सम्पूर्ण धार्मिक सेवाको व्यवस्थापन गर्ने।

 • हिमाली क्षेत्रमा विश्वकै उच्चस्तरीय रंगशाला निर्माण गर्ने।

 • सर्वोच्च अदालत गोर्खामा स्थापना गर्ने प्रस्ताव।

 • विधानसभाको केन्द्र जनकपुरमा स्थापना गर्ने।

 • चतरामा भव्य हिन्दू मन्दिर निर्माण गर्ने।

डा. भूसालले आफ्नो प्रतिबद्धतापत्रमार्फत देशको समग्र विकास, सांस्कृतिक संरक्षण, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले जनताको साथ र समर्थन प्राप्त भए यी योजनाहरूलाई व्यवहारमा उतार्ने विश्वास समेत व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्