लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका घरदैलोमा पौडेल, जेनजी युवाले फुलसहित दिए विजयको शुभकामना

IMG

बुटवल । निर्वाचनको समय नजिकिरहदा उम्मेदबारको घरदैलो र मतदाता भेटघाट तिब्र भएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ का उम्मेदबार बिष्णु प्रसाद पौडेलले मंगलबार तिलोत्तमा नगरपालिकाको वडा नं. ५ मा घरदैलो कायक्रम गरेका छन। बिहानै सबेरै उनि मतदाताको घरदैलोमा पुगे ।


यस क्षेत्रबाट निर्वाचित भएर देशकै अर्थमन्त्रीका रुपमा रुपन्देहीको विकासमा योगदान दिएका उम्मेदबार पौडेलले मतदाताको सुझाव लिएका छन । अधिकाश पुरानै मतदाताहरु उनको विकास र योजना बारेमा बुझेका छन । घरघरमा पुग्दा मतदाता खुशी देखिन्छन । घरदैलोमात्र होईन मन्दिर, विद्यालय र संघसंस्थाहरुमा समेत उनि पुगे । नेता पौडेलले श्री सरस्वती पन्चायतन मन्दिर वैदिकाश्रम दर्शन तथा बटुकहरुसंग टिका ग्रहण समेत गरे । मणिग्राममा पार्टीको झण्डामा रहेका एक युवाले उनलाई फुल दिदै अग्रिम विजयको शुभकामना दिए । जेननी पुस्ताहरु देशको बारेमा चिन्तित छन ।


युवाहरु पुनः एकपटक यस क्षेत्रबाट पौडेललाई विजयी गराउने गरि लागेको तिलोत्तमा वडा नं. ५ का संयोजक कृष्ण प्रसाद भट्टराईले बताए । रुपन्देहीको निर्वाचन परिचालन कमिटिको आयोजनामा मंगलबार बिहानैबाट चुनावी प्रचारप्रसार भएको हो । पहिलो चरणको घरदैलो सकेर यो दोस्रो चरण शुरु भएको उनले बताए । मंगलबार नै तिलोत्तमाको वडा नं. ६ को समेत घरदैलो रहेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिका गरि ३ पालिका समेटिएको भुगोलमा हरेक मतादातालाई भेट्ने र आफनाप्रतिवद्धता सुनाउदै पौडेल दैनिक हिडेका छन । कतिपय ठाउमा सवारी साधन र कतिपय स्थानमा पैदल नै हिड्दै मतदाता भेट्ने काम जारी छ । 


कमेन्ट गर्नुहोस्