
बुटवल। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारले तीव्रता पाएको छ। यहीबीच चिकित्सक–राजनीतिज्ञ रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार निकोलस भुसालले अपनाएको फरक शैलीले मतदाताको ध्यान खिचेको छ। उनी स्वास्थ्य शिविर र घरदैलो अभियान सँगसँगै अघि बढाउँदै उपचार गर्दै भोट माग्ने रणनीतिमा देखिएका छन्।
चुनावी क्षेत्रमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बिरामी जाँच, औषधि वितरण तथा स्वास्थ्य परामर्श दिँदै रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा. निकोलसले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। शिविरमा पुगेका स्थानीयले स्वास्थ्य सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिएका छन्।“हामीलाई अस्पताल जान समय र साधन दुवै अभाव हुन्छ। गाउँमै डाक्टर आएर जाँच गर्नु सकारात्मक कुरा हो,” एक स्थानीय बासिन्दाले भने।रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा. निकोलसले भने सेवा र राजनीतिलाई अलग नदेख्ने धारणा व्यक्त गरेका छन्। “जनताको स्वास्थ्य पहिलो प्राथमिकता हो। सेवा गर्नु नै मेरो पेशा र प्रतिबद्धता दुवै हो,” उनले भने।
चुनावी मैदानमा परम्परागत भाषण र सभाभन्दा फरक रणनीति अपनाएका रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा. निकोलसको यो अभियानले मतदातामा कस्तो प्रभाव पार्छ भन्ने भने निर्वाचन परिणामले नै स्पष्ट पार्नेछ।
कमेन्ट गर्नुहोस्