लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

डा.निकोलसको चुनावी यात्रा तीव्र, शंकरनगरमा गरे बाइक–र्‍याली

IMG

शंकरनगर। तिलोत्तमा नगरपालिका अन्तर्गत शंकरनगर रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार डा.निकोलस भुसालको चुनावी अभियान तीव्र बनेको छ। उनले मंगलबार शंकरनगरमा समर्थकहरूसहित भव्य बाइक–र्‍याली निकाल्दै घरदैलो अभियानलाई समेत निरन्तरता दिएका छन्।


र्‍यालीमा युवाको उल्लेख्य सहभागिता देखिएको थियो। विभिन्न टोलबाट सुरु भएको बाइक–र्‍याली शंकरनगरका मुख्य चोक तथा बस्ती परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। सो अवसरमा डा.निकोलसले विकास, पारदर्शिता र युवामुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।उनले स्थानीय पूर्वाधार सुधार, रोजगारी सिर्जना र सामाजिक सद्भाव कायम गर्ने एजेन्डा अघि सारेका छन्।


प्राकृतिक सम्पदाको भरपुर प्रयोग गर्दै देशलाई समृद्ध बनाउने अभियानमा जुट्न र समर्थकहरूलाई चुनाव चिन्ह जेनाजिको जुत्ता लाई मतदान गर्न आग्रह गर्दै टोलटोलमा पुगी भोट पाउने आशा ब्यक्त गरेका थिए।चुनावी सरगर्मी बढ्दै जाँदा शंकरनगर क्षेत्रमा विभिन्न दल तथा उम्मेदवारले अभियानलाई तीव्रता दिएका छन्। निर्वाचन नजिकिँदै गर्दा मतदातासँग प्रत्यक्ष भेटघाट र प्रचार–प्रसारलाई सबै उम्मेदवारले प्राथमिकता दिएका छन्।

कमेन्ट गर्नुहोस्