
देवदह। रुपन्देही क्षेत्र नं. १ का नेकपा एमाले उम्मेदवार दधिराम न्यौपानेले विकास निर्माणलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै “रुपन्देही–१ हामी बनाउँछौँ, ढुक्क हुनुस्” भन्दै आफु जनताले रुपन्देही १ को भबिष्य सुनिस्चित गर्न आफुलाई रोज्ने विश्वास व्यक्त गरेका छन्।
उनले सो क्षेत्रका नागरिकसँगको भेटघाट तथा छलफलका क्रममा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजनाबद्ध विकास अघि बढाइने बताए। विगतमा अधुरा रहेका योजनाहरूलाई पूरा गर्दै नयाँ सम्भावनाहरूको खोजी गरिने उल्लेख गर्दै उनले जनताको साथ र सहयोग भएमा रुपन्देही–१ लाई नमुना क्षेत्रका रूपमा विकास गर्ने दाबी गरे।
न्यौपानेले विकासका काममा पारदर्शिता, जनसहभागिता र दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै स्थानीयको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता समेत जनाए। उनले नागरिकलाई आश्वस्त पार्दै क्षेत्रको समग्र समृद्धिका लागि आफू निरन्तर सक्रिय रहने क्षेत्र नम्बर-१ रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बताएका थिए।
कमेन्ट गर्नुहोस्