
बुटवल। काठमाडौं महानगरपालिकाका पुर्व मेयर तथा चर्चित व्यक्तित्व र हालका झापा ५ का उम्मेदवार समेत रहेका बालेन शाह बुटवल आगमनसँगै शहरका मुख्य सडकहरूमा व्यापक भीडभाड देखिएको छ। शनिबार बुटवल प्रवेश गरेलगत्तै उनलाई स्वागत गर्न हजारौँ समर्थक सडकमा उत्रिएका थिए।
बालेन शाहलाई स्वागत गर्न युवा, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरू बिहानैदेखि सडक किनारमा भेला भएका थिए। समर्थकहरूले नाराबाजी गर्दै फूलमाला र खादा लगाएर स्वागत गरेका कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। विशेषगरी राजमार्ग क्षेत्र, चौराहा र बजार आसपासका सडकहरूमा लामो समयसम्म सवारी साधनको चाप बढ्दा जामको अवस्था सिर्जना भएको ट्राफिक प्रहरीले जनाएको छ।
भीड नियन्त्रण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको थियो। केही समयपछि वैकल्पिक मार्ग प्रयोग गराई यातायात सञ्चालन सामान्य बनाइएको प्रहरीले जानकारी दिएको छ।बालेन शाहको उपस्थितिलाई लिएर युवामाझ विशेष उत्साह देखिएको थियो। सामाजिक सञ्जालमार्फत समेत उनका समर्थकहरूले स्वागत कार्यक्रमको तस्बिर तथा भिडियो सार्वजनिक गरेका छन्।
स्थानीय आयोजकका अनुसार बालेन शाह विभिन्न राजनीतिक भेटघाट र उम्मेदवार भेटघाट तथा मतदाता भेट्न बुटवल आएका हुन्। बिहानै देखि कपिलबस्तु नवलपरासी मा समेत गएका उनका कार्यक्रमहरूमा सहभागी हुन आसपासका जिल्लाबाट समेत सर्वसाधारण पुगेका थिए।
कमेन्ट गर्नुहोस्