
स्याङ्जा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पुर्व उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने स्याङ्जा आउने कार्यक्रम तय भएको छ । पाल्पामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन सभापति लामिछाने स्याङ्जा हुदै जाने तयारी रहेको बुझिएको छ।लामिछानेले पाल्पा जाने क्रममा स्याङ्जाको फेदीखोला,पुतलीबजार,भीरकोट,वालिङ्,चापाकोट र गल्याङमा संक्षिप्त सम्बोधन गर्ने समेत तयारी गरिएको रास्वपा स्रोतले अकला आवाजलाई बताएको छ । लामिछानेले भोलि बिहीबार दुई बजे वालिङ् मोडमा सम्बोधन गर्ने कार्यक्रम रहेको वालिङ् सभापति सुरेन्द्र काफ्लेले बताए ।
वालिङ,गल्याङ हुदै सभापति लामिछाने चापाकोट जाने तयारीमा रहेको बुझिएको छ । सभापति लामिछानेको व्यस्त तालिकाका विच स्याङ्जा रास्वपाले चापाकोट लैजाने प्रयास गरिएको बुझिएको छ ।आगामी फाल्गुन २१ गते हुन गईरहेको संसदीय निर्वाचनको प्रचारप्रसारका लागि विभिन्न दलका उम्मेदवारहरु चुनावी अभियानमा सक्रिय छन् । स्याङ्जाका समेत विभिन्न दलका उम्मेदवारहरु गाउँ गाउँमा चुनावी कार्यक्रम र अभियान लिएर गईरहेका छन् । सोही सिलसिलामा सभापति लामिछाने स्याङ्जा हुदै पाल्पा जाने तयारीमा रहेको र यस्तै फाल्गुन ४ गते पछाडि काङ्ग्रेस सभापति गगन थापालाई समेत स्याङ्जा काङ्ग्रेसले चुनावी अभियानमा ल्याउने तयारी गरेको विश्वस्त स्रोतले बताएको छ ।
कमेन्ट गर्नुहोस्