लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाऊ जेसीसको छैठौ पद हस्तातरण तथा पदस्थापन कार्यक्रम सम्पन्न

IMG

कटैया, ओमसतिया। तिनाऊ जेसीसको पद हस्तान्तरण तथा  पदस्थापन कार्यक्रम बिहिबार साँझ ओमसतिया स्थित होटल सनराइजमा सम्पन्न भएको छ। सो अवसरमा वर्ष २०२६ का लागि निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिका अध्यक्ष ऋतुराज लम्सालले औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको थियो। ओमासतिया गाउँपालिकाका  उपाअध्यक्ष सुनिता चौधरीको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तिनाऊ जेसीस वर्ष २०२५ का अध्यक्ष  लम्सालले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष  मोहन सिंह ठकुरी बसन्तलाई पद हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा तिनाऊ जेसीसका पूर्व अध्यक्षहरू, बोर्ड अफ ट्रस्टीजका प्रतिनिधिहरू तथा जेसीज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।


पदभार ग्रहण गर्दै अध्यक्ष जेसी मोहन सिंह ठकुरीले आफ्नो कार्यकाललाई कार्यदक्षता, क्षमता र सामूहिक प्रयासका माध्यमबाट सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले जेसीजको स्वर्ण जयन्तीको वर्षमै आफू अध्यक्षमा निर्वाचित हुनु गौरवको विषय भएको बताउँदै यो कार्यकाल विशेष र स्मरणीय हुने विश्वास व्यक्त गर्नुभयो । साथै, जेसीजको मर्म र भावनालाई आत्मसाथ गर्दै वर्ष २०२६ लाई भव्य र उपलब्धिमूलक बनाइने प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रमका बोल्दै प्रमुख अतिथि ओमासतिया गाउँ पालिकाका उपाध्यक्ष सुनिता चौधरीले जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै युवालाई लक्षित विविध कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो। उनले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न, र नेतृत्त्व लिन र दिन जेसीजको भूमिका सराहनीय रहेको बताउँदै स्थानिय सरकार र जेसीजबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो। नेतृत्व तहमा जेसीजबाट आएका युवालाई अवसर दिन सके देश विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।


कार्यक्रममा बोल्दै जेसिसका राष्ट्रिय उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले तिनाउ जेसिसले यस क्षेत्रमा गरेको सामाजिक कार्यको उल्लेखनीय प्रशंशा गर्दै आगामी दिनमा नयाँ कार्यसमितिले अझै परिष्कृत गर्दै सामाजिक कार्य गर्न आग्रह गर्नुभयो।सो अवसरमा मातृशाखा २०२६ का अध्यक्ष रुपेश पाण्डेले नव निर्वाचित कार्यसमितिलाई शुभकामना सहित बधाई ज्ञापन गर्नुभएको थियो।कार्यक्रममा ओमसतिया  वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बराल, ओमसतिया  वडा नम्बर २ का अध्यक्ष शित्तल जिटी, ओमसतिया  वडा नम्बर ३ का अध्यक्ष प्रकाश सिंह, महिमा चौधरी, प्रदिप थापा मरासिनी, लागयतका बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।  


तिनाउ जेसिसका बर्ष २०२६ का लागि भी पीमा बिष्णु कंडेल, लेख बहादुर सुर्यबंशी, राजेश चौधरी, युवराज पौडेल, ईभिपीमा सुजित कुमार अग्रहरी, परमानन्द सापकोटा शिव, कानुनि सल्लाहकार महिमा चौधरी, महासचिवमा सुमन आचार्य, कोशाध्यक्षमा बिनोद चौधरी सहित नयाँ कार्यसमितिमा चयन भएका छन्। 


कमेन्ट गर्नुहोस्