लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका पांच क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई

IMG

तिलोत्तमा। आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको  निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट सधैको चर्चा रहने रुपन्देही अछुतो रहने कुरै भएन ।


रुपन्देहीमा ५  वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको मनोनयन र उम्मेदवारी पछि चर्चा विशेष रहन्छ । यसपटक पनि राजनीतिक दलहरु यी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्न हरसम्भवले प्रयास गरिरहेका छन् । अझ जेनजी आन्दोलनका कारण हुन लागेको निर्वाचनले अझ विशेष बनेको छ । त्यसको जिम्मेवारी सरकारले महिला निर्वाचन अधिकृतको काँधमा सुम्पेको छ ।रुपन्देही जिल्ला निर्वाचन कार्यालयको जिम्मा अहिले अधिकृत कल्पना अर्यालले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछिन् । 


“यहाँका अधिकांश कार्यालयको जिम्मेवारी सरकारले महिलालाई सुम्पेको छ, जुन विश्वास र भरोसाले जिम्मेवारी पाएका छौँ, हामीले इमानदारिताका साथ निभाएका छौँ”, उनले भनिन ।महिलाले अवसर पाउने हो भने जिम्मेवारीपूर्वक कर्तव्य पालना गर्ने प्रमुख निर्वाचन अधिकृत अर्याल बताउँछिन् । खासगरी बोलीमा मिठास र भावपूर्ण व्यवहार प्रस्तुत गर्नु महिला नेतृत्वको मौलिक गुण हो भन्ने अर्यालको धारणा छ । उनले महिला नेतृत्वप्रति अरूले गर्ने व्यवहार पनि सभ्य र शालीन हुने गरेको बताइन । उनी भन्छिन्, “रिसै उठेर आउनेहरु पनि महिलाका अगाडि आएपछि शान्त भइदिनुहुन्छ, यसपालिको आउदै गरेको निर्वाचनले दिएको जिम्मेबारीले मलाई अझ बढी परिपक्व बनाएको छ।”

कमेन्ट गर्नुहोस्