
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक गुल्मीको १ नम्बर क्षेत्र पनि रहेको छ ।चन्द्र भण्डारी, प्रदीप ज्ञवाली र सागर ढकालको यसक्षेत्रबाट उम्मेदवारी दिएका कारण यो क्षेत्र चर्चामा रहेको छ र यो क्षेत्रमा सबैको नजर रहेको छ ।
पालैपालो शासन गरेका तर जनताको खासै काम नगरेका नेपाली कांग्रेस र नेकपा एमालेका यी दुई नेताहरुको बिचमा अहिले जनताको मन जित्दै सागर ढकाल पदार्पण भएका छन्। आफैंमा सक्षम र पढेलेखेका युवा ढकालले प्रस्तुत गरेका विभिन्न योजना र उनको परिपक्वताले गुल्मीका जनता खुसी रहेका छन्। गुल्मी १ क्षेत्रमा सगर ढकाललाई पाउँदा निकै खुसी भएको अनुभव साटासाट समेत गरेका उनीहरुले धेरै पटक पुराना दलका नेता हेरेको तर जनताको जिबनस्तर उकास्ने काम नभएकोले अब रुपान्तरण चाहने कुरा बताएका छन्। हामि संग कुरा गर्दै उम्मेदवार सागर ढकालले आफुलाई सकारात्मक प्रतिक्रिया दिएकोले चुनावी मैदानमा सहजता पाएको उल्लेख गरे।
सो क्षेत्रमा कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ७ नम्बर देखि १४ नम्बरसम्मका वडा समेटिएको छ ।गुल्मी-१ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख २२ हजार १८६ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १५५ मतदान केन्द्र तोकिएको छ ।रास्वपाबाट यस क्षेत्रमा सागर ढकाल उम्मेदवार बनेका छन् । उनी यसअघि स्वतन्त्र रुपमा डडेल्धुरामा उम्मेदवार बनेर काँग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिने प्रयास गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेकपाबाट सुदर्शन बराल उम्मेदवार छन भने राप्रपाबाट अजित कुमार श्रेष्ठ उम्मेदार बनेका छन् ।
गुल्मी-१ मा २०७४ मा एमाले नेता प्रदीप ज्ञवाली विजयी भएका थिए भने २०७९ मा काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । यस क्षेत्रका मतदाताले दुवैलाई पालैपालो जिताएका छन् । २०७९ को निर्वाचनमा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन रहेकाले भण्डारीलाई चुनाव जित्न सजिलो भएको थियो । तर यस पटक सबै दल अलग अलग बिना गठबन्धन चुनावमा गएकाले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न गार्हो छ ।
राष्ट्रिय राजनीतिमा चर्चित नेता भण्डारी र ज्ञवालीलाई चुनौती दिदै यस पटक रास्वपाबाट उम्मेदवार बनेर सागर ढकालको इन्ट्रीले गुल्मी-१ लाई चर्चामा ल्याएको छ । परिवर्तन हुनुपर्छ र राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ भन्ने अभियान नै चलाएका ढकाल अघिल्लो चुनावमा डढेल्धुरामा उम्मेदवार बनेर तत्कालिन काँग्रेस सभापति देउवालाई चुनौती दिएका थिए । देउवाले २५ हजार ५३४ मत प्राप्त गरेर विजयी हुदा सागरले १३ हजार ४२ मत प्राप्त गरेका थिए ।यस पटक रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका सागर आफ्नो जिल्ला गुल्मी आएका छन् । उनले चुनावमा कस्तो प्रभाव पार्छन्, त्यो अहिलेनै भन्न सकिने अवस्था छैन । तर शुरुवाती समयमा उनले युवा मतदातालाई धेरै हदसम्म प्रभाव पारेका छन्, जसले भण्डारी र ज्ञवालीको चुनावी गणित बिगारिदिने संकेत गरेको छ ।
कमेन्ट गर्नुहोस्