लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समानुपातिकतर्फका ८९ लाख बढी मतपत्र छापियो

IMG

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ ।आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो ।


आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी  छ ।यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ ।समानुपातिक तर्फको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिनेछ ।फागुन २१ गतेलाई तय भएको प्रतिनिधि सभा निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

कमेन्ट गर्नुहोस्