
टिकुलिगढ़। नेपाल मगर संघ तिलोत्तमा नगरपालिका वडा समिती वार्डनम्बर-१४ को आयोजनामा मगर समुदायको मौलिक एबम सांस्कृतिक पर्व माघे सकरातीको उपलक्ष्यमा शुभकामना आदाप्रदान बृहत सांस्कृतिक कार्यक्रम तथा खाना महोत्सव सम्पन्न भएको छ।अध्यक्ष बल बहादुर रानाको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरी चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न सो मेलामा विशिष्ट अतिथिहरुमा तिलोत्तमा वडा नम्बर-१४ का अश्विन पौडेल, युवा अभियन्ता सरिता सिरिस,कृष्ण सारु,तिलोत्तमा कार्यपालिका सदस्य रवि सेन्चुरी, प्रेम जिएम र अतिथिहरुमा भोम बहादुर बुढा , शोहन प्रसाद थारु, देवबहादुर बगाले रहेका थिए।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले मगर समुदायको बाहुल्यता , त्याग र बलिदानको समाजले कदर गर्नुपर्ने उल्लेख गर्दै नगरपालिकाले मगर जातिको उन्नयनका लागि आफ्नो बजेट नीति कार्यक्रममै राखेर विभिन्न संस्कृतिक तथा पहिचानको लागि सहयोग गर्दै आएको बताएकी छिन। जातिय पहिचानका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उपप्रमुख चौधरीले माघे सकरातिले सबैको घरमा सुख शान्ती ल्यावोस भन्ने शुभेछ्च्या समेत राखिन।
नेपाल मगर संघ तिलोत्तमा नगरपालिका वडा समिती वार्डनम्बर १४ ले माघे संक्रान्तिको अवसर पारेर शनिबार तिलोत्तमाको टिकुलिगढ़मा शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।‘मगर इतिहास, भाषा संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’-भन्ने मूल नारासहित आयोजित कार्यक्रममा मगर संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतिहरुका साथै खानाका परिकारहरु प्रस्तुत गरिएको थियो।
चक्रबहादुर थापाको स्वागतमा शरु भएको कार्यक्रमको अवसरमा बोल्दै मगर संघका प्रेम घर्ति मगरले मगर भाषा र संस्कृतिको संरक्षणका लागि नेपाल मगर संघले गाउँ गाउँ समाजमा उजागर गर्न जोड दिएको उल्लेख गरे।मगर लगायत आदिवासीहरुको भाषा, संस्कृति संरक्षणका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै प्रेम जीएमले मगरजातिको बाहुल्यता रहेको तिलोत्तमामा मगर हरुको संस्कृति झल्कने खालको पर्यटन र प्रबर्द्धनका लागि मगर पहिचानको प्रचार प्रसार गरिनुपर्ने बताए।
सो अवसरमा बोल्दै तिलोत्तमा वडा नम्बर १४ का अध्यक्ष अस्बिंन पौडेलले मगर लगायत विभिन्न जातिको उत्थानका लागि यसको संस्कृति जोगाउन विभिन्नखाले कार्यक्रम ल्याइएको बताउनुका साथै परम्परागत चाडपर्वहरुलाई संरक्षण गर्नका लागि तालिम तथा व्यवसायिक सीपको विकासमा समेत जोड दिएको बताए। सो अवसरमा बोल्दै कार्यपालिका सदस्य रवि सेन्चुरीले मगर समुदायहरुले जातीय पहिचानलाई संरक्षण गर्दै नेतृत्व तहमा पुगेर सबै सबै समुदायको सम्मान र सहअस्वित्वलाई समेत कायम राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देही सचिव राधिका श्रीसले राज्यको नीति निर्माण तहमा मगर समुदायको सहभागिता बढाउनका लागि एक हुन आह्वान गरे।माघे संक्रान्ति मगर समुदायको महत्वपूर्ण चाड भएको उल्लेख गर्दै उनले यस्ता विभिन्न चाड पर्व र परम्पराहरु बारे नयाँ पुस्तालाई समेत जानकारी गराउन आवश्यक रहेको बताईन।राष्ट्रिय ख्यातिप्राप्त कलाकार सपना गाहा मगर, दिपु मगर , दिपक दर्लामी मगरको गाय प्रस्तुतिसंगै विभिन्न मगर संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको मगर संघ वडा नम्बर १४ का संजु थापा मगरले बताए। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका विभिन्न वडा तथा नगरका सहभागीहरुले मगर संस्कृति झल्कने साँस्कृतिक प्रस्तुतिहरु दिएका थिए। सो कार्यक्रमको संचालन बुद्धि थापा र विष्णु दर्लामीले गरेका थिए।
कमेन्ट गर्नुहोस्