लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

IMG

तिलोत्तमा। पुर्व पश्चिम राजमार्गको बुटवल धागो कारखानामा ड्युटिमा रहेका प्रहरी हवल्दारको कारको ठक्करबाट मृत्यु भएको छ। तिब्र गतिमा आएको बागमती प्रदेश ०१-००३-च -००७७ नम्बरको क्रेटा कारको ठक्करबाट गम्भीर घाइते भएका अर्घाखाँची दरबन्दी भै बुटवलमा कार्यरत प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। 


ठक्कर दिने कारका चालकले त्यसअघि टिप्परलाई समेत ठक्कर दिएर आएको घटनाको अनुसन्धानमा खुलेको छ। मध्ये प्रदेश ०३-००१ क ३३१९ नम्बरको टिप्पर समेत ठक्कर दिएको खुलेको हो। कारका चालक रेसुङ्गा नगरपालिका-१ गुल्मीका जितेन्द्र सिंह थापा रहेको र चालक तथा कारलाई प्रहरीको नियन्त्रणमा राखिएको छ। कार चालकले मापसे गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ भने त्यसको रिपोर्ट आइसकेको छैन।हाल मृतक प्त्रहरिको शव लुम्बिनी प्रादेशिक अस्पातलमा रहेको छ। 

कमेन्ट गर्नुहोस्