लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

IMG

बुटवल। प्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्।


जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अहिले दलहरुले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लैजाने र निर्वाचनबारे जानकारी लिने गरिरहेका छन्।निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्याल भन्छिन्-‘हामी निर्वाचन आयोगको तालिकाअनुसार नै काम गरिरहेका छौं, अहिले हामीले जिल्लाभर कति जनशक्ति चाहिन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने काम गरिरहेका छौं, छिटै नै निर्वाचनका लागि जनशक्ति व्यवस्थापन हुन्छ र अरु कामहरु पनि अघि बढ्छन्।


’उनले जिल्लाभरका सरकारी कार्यालयबाट निर्वाचनमा खटिनसक्ने कर्मचारीहरुको सूची तयार भइरहेको र निर्वाचन क्षेत्रहरुमा पनि तयारीको काम अगाडि बढेको बताइन्।रुपन्देहीमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन्। जसमध्ये ३ लाख ४६ हजार २०३ जना पुरूष मतदाता र ३ लाख २६ हजार ३११ जना महिला मतदाता हुन्। रूपन्देहीमा २०९ वटा मतदानस्थल र ७३२ वटा मतदान केन्द्र तोकिएका छन्।

कमेन्ट गर्नुहोस्