लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तराईमा आज पनि हुस्सु र कुहिरो

IMG

बुटवल। देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि तराई भू–भागका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । राति तराईमा हुस्सु र कुहिरो कायमै रहनेछ भने गण्डकी प्रदेशका उच्च भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


विशेषगरी तराईमा हुस्सु र कुहिरोका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।यसैबीच चिसो बढेसँगै वीरगञ्ज महानगरपालिकाले थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक हप्तादेखि लगातार चिसो बढेसँगै आज र भोलि दुई दिन थप बिदा दिने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्