लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लेभन्यो : अबको उम्मेदवार यस्तो

IMG

तिलोत्तमा।आउँदो माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवार कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।


परिपत्र अनुसार प्रतिनिधिसभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रियसभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ । नेकपाले बहालवाला राष्ट्रियसभा, प्रदेशसभा वा पालिकाका पदाधिकारीलाई उम्मेदवार हुनबाट वञ्चित गरेको छ । आर्थिक पारदर्शिताको विषयलाई पनि नेकपाले जोड दिएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने परिपत्रमा उल्लेख छ । कर–राजस्वमा पूर्ण अद्यावधिक, कालोसूचीमा नाम नभएको र सम्पत्ति तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ ।


यसैबीच  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीको आयोजनामा शनिबार मणिग्राममा एकता सन्देश सभा शनिबार सम्पन्न भएको छ । पार्टी एकताको सन्देश तल्लो तहसम्म पुर्याउन सभा आयोजना गरिएको पार्टीले जनाएको छ । एकता सन्देश सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका केन्द्रिय सदस्य हकिकुल्लाह खाँले मुलुकको परिवर्तन अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने बताउँदै एकताको मर्म र भावनाअनुसार चल्नुपर्नेमा जोड दिनुभएको थियो । 


पार्टीका तिलोत्तमा संयोजक बेल प्रसाद शर्माको अध्यक्षता रहेको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य सोनिया यादव, राम परियार, बाबुलाल यादव, भगवती घिमिरे, जिल्ला संयोजक निर्मल जिसी र नेकपाका युवा नेता सागर न्यौपाने लगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रम संगठन विभाग प्रमुख इन्दु थापाको स्वागत र कार्यदल सदस्य विजय दाहालको सन्चालनमा सम्पन्न भएको थियो । सभा अघि नेकपाले तिलोत्तमाका विभिन्न क्षेत्रबाट बाजागाजा सहितको र्याली समेत निकालेको थियो । 

तस्बीर : काठमाडौँ मा भएको एकता सभा 


कमेन्ट गर्नुहोस्