लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एउटा कुरा ख्याल गर्नू, ‘तर्साएर म तर्सिन्नँ, दबाएर दबिन्नँ’ : गगन थापा

IMG

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिँदै त्यसको सामना गर्ने बताएका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।


बैठकमा थापाले काँग्रेसको विशेष महाधिवेशन विधानसम्मत ढङ्गले सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले पनि कानुनअनुसार नै अद्यावधिक गरेको स्मरण गराए । उनले भने, ‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ । निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ ।’पार्टीको निर्णयप्रति चित्त नबुझाएका केही व्यक्तिहरू सर्वोच्च अदालत पुगेको र सुरुमा अदालतले पनि विशेष महाधिवेशनकै पक्षमा निर्णय दिएको उल्लेख गर्दै थापाले अहिले असन्तुष्ट पक्ष पुनरावलोकन निवेदन लिएर अदालत पुगेको बताए । ‘अहिले असन्तुष्ट पक्ष पुनरावलोकन निवेदन लिएर जानुभएको छ र अदालतले त्यसको अनुमति दिएको छ । यो न्यायिक प्रक्रियाको एउटा पाटो हो,’ उनले भने ।


महामन्त्री थापाले अदालतको पछिल्लो कदमबाट विचलित हुन नपर्ने बताए । काँग्रेस अब आत्मविश्वासका साथ अदालतमा जाने र आफ्ना प्रमाणहरू पेस गर्ने उनको भनाइ छ । अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ । हामीलाई न्यायालयप्रति विश्वास छ,’ थापाले भने ।उनले कानुनी लडाइँभन्दा पनि पार्टीका नेता तथा कार्यकर्ताबिचको विश्वास ठुलो कुरा भएको बताए । पार्टीभित्रको एकता र भरोसा नै काँग्रेसको सबैभन्दा ठुलो शक्ति भएको उनको भनाइ छ ।‘हामी कानुनी रूपमा त बलिया छौँ  नै, तर त्योभन्दा बढी विश्वास हामीले आफ्ना साथीहरू (कार्यकर्ता) माथि राख्नुपर्छ । पार्टीभित्रको एकता र भरोसा नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो,’ थापाले भने ।

कमेन्ट गर्नुहोस्