
काठमाण्डाै – चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन् ।चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।सिनामङ्गलमा बस्दै आएका असई कार्कीले घाँटी थिचेर छोराको हत्या गरेका प्रहरीले जनाएको छ । हत्याको कारण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्