लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेलामा शनिबार ३५ हजार दर्शक , आइतबार श्याम राना आउने

IMG

मणिग्राम  रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ मा दर्शकको चाप बढ्दै गएको छ । सोमबारदेखि शुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए। शनिबार बिदाको दिन परेकाले दर्शकको चाप बढी भएको आयोजकले जनाएका छन् । शनिबार मात्रै करिब ३५ हजार दर्शकले मेलाको अवलोकन गरेको अध्यक्ष जीएमले जानकारी दिएका छन ।


मेलामा शनिबार कलाकारहरु चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी सम्झना रणपाल,पुस्कर सारू लगायत डिजे तथा सोनी डान्स र गोल्डे स्टार कला केन्द्रको प्रस्तुति, डान्स आइडल र स्थानिय कलाकारहरुको सांस्कृतिक बिशेष प्रस्तुति सहित दर्शकलाई मनोरञ्जन दिएको मेलाका साँस्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए । तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त महोत्सवमा ३ सय बढी स्टलहरु सहभागि रहेका छन। शनिबार अन्य दिन भन्दा व्यापारमा समेत वृद्धि भएको आयोजकको भनाई छ। 


मेलामा मंसिर २१ गते आईतबार चर्चित लोक तथा दोहोरी गायक श्याम रानाले विभिन्न लोक तथा दोहोरी गीत पस्कने कार्यक्रम रहेको छ। साथमा गायक पवन बस्याल, शिव खनाल, लगायत डिजे तथा सोनी डान्स र गोल्डेन स्टार कला केन्द्रको प्रस्तुति, डान्स आइडल र स्थानिय कलाकारहरुले मनोरन्जन दिने आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्