
शंकरपुर।स्थानीय तहमा अपाङ्गता समावेशी नीति तर्जुमा गर्ने उद्देश्यले आयोजित एक दिवसीय कार्यशाला आज तिलोत्तमामा आइतबार सम्पन्न भयो। नेत्रहीन महिला संघ, रुपन्देही शाखाको आयोजनामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका विभिन्न तहका सरोकारवालाको सक्रिय उपस्थितिमा सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले अपाङ्गता भएका व्यक्तिको हितमा नगरपालिकाले सदैव साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाले स्थानीय तहमै स्पष्ट, सहज र कार्यान्वयनयोग्य नीति बन्नुपर्नेमा जोड दिनुभयो।
विशिष्ट अतिथि तथा उप–प्रमुख जगेश्वर देवी चौधरीले नेत्रहीन महिला संघले गरेको कामको प्रशंसा गर्दै अपाङ्गता भएका व्यक्तिलाई सीप विकास तथा रोजगारीसँग जडान गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताउनु भयो । उहाले यस क्षेत्रमा नगरपालिकाले जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो। कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष कुन्ती पौडेलले गर्दै अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्ने यात्रामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।कार्यक्रम संस्थाका कार्यक्रम प्रमुख मानसी शर्माको स्वागत मन्त्व्य र संस्थाकी कर्मचारी लक्ष्मी पाण्डेको सन्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्