
तिलोत्तमा, मणिग्राम । मङ्सिर १५ गतेदेखि तिलोत्तमाको मणिग्राममा सञ्चालन हुने आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पुरा भएको छ। तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र तिलोत्तमा व्यापार सङ्घ सहआयोजक रहने उक्त महोत्सव मङ्सिर २९ गतेसम्म चल्ने छ ।
महोत्सवमा करिब ३५० स्टल रहनेछन् भने बिज्ञान प्रदर्शनी, खेलकुद, रमाइलो बाल उद्धान, लण्डन ब्रिज गेट, जलपरी , आइफिल टावर, सेल्फी जोन, जम्मु कश्मिरको गाउँ, मूल आयोजक समितिका संयोजक तथा संगठनका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिए । मेलाको सोमबार तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। मेलाको शुभारम्भ अगाडी बिहान रक्तदान हुने समेत आयोजकले जनाएको छ। त्यसैले अहिलेको मेला हालसम्मकै मेला भएको भन्दा फरक हुने अध्यक्ष जी एमले बताएका छन्।
महोत्सवले स्थानीय व्यापार, उद्योग, व्यवसाय, पर्यटन, संस्कृति र मौलिक पहिचानलाई प्रवर्द्धन गर्ने र यस वर्षको मेलामा विगतका वर्षभन्दा केही फरक र नवीन कार्यक्रम प्रस्तुत गरिने उनले बताए । हाल उद्योगी व्यवसायीहरुमा यो मेलाले सबैलाई उत्साह र आशा जगाउने आयोजकको विश्वास छ । महोत्सवमा जलपरी, विभिन्न संस्कृतिक नृत्य, राष्ट्रिय स्तरका चलेका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, परम्परागत रहनसहन, रितिरिवाज झल्किने गाउँले परम्परा झल्किने स्टलहरु, उद्घोषण तालिम, युवा पुस्ताका लागि विशेष कार्यक्रम, ३६० झुला, पिङ, चर्के पिङ, ब्रेक डान्स, डुंगा, बाल उद्यान लगायतका मनोरञ्जनात्मक खेल तथा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिने छन्।विद्यार्थीहरूलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट दिइने र करिब दुई लाख दर्शक सहभागी हुने आयोजकको दाबी छ। तिलोत्तमा महोत्सव सिंगो तिलोत्तमावासीको भएकाले सबैको साथले महोत्सव सफल हुने आयोजकले जनाएको छ।
कमेन्ट गर्नुहोस्